प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवा बाग्लुङको बलेवास्थित द क्लिफ प्रालिको रिसोर्टको स्काई क्याफे पुगेकी छिन् । कालीगण्डकी नदीको खोँचमाथि करिब २५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काई क्याफेमा आरजुले रोमाञ्चकताका साथसाथै चियापान गरेकी हुन् । उनीसँग नेपाली काँग्रेसका नेता अर्जुन जोशी लगायतका कार्यकर्ताहरु समेत सहभागी भएका छन् ।
नियमअनुसार पर्यटकले एक पटकमा स्काई क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफीसहित फुड प्लाटर खान पाइने स्काई क्याफेमा प्रतिव्यक्ति २ हजार ५०० शुल्क लाग्छ भने फोटो तथा भिडियो पनि सोही शुल्कमा उपलब्ध गराइने क्याफेले जनाएको छ ।
पछिल्लो समय युवाहरुको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकहरूलाई नयाँ स्वाद दिने उद्देश्यले स्काई क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । यतिखेर यस क्याफे पर्यटकका लागि मात्र नभएर राजनीतिकर्मी नेताहरुको आनन्द लिने र घुम्ने ठाउँसमेत बन्न पुगेको छ ।
फेसबुक प्रतिक्रियाहरु