काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रदर्शन गरेको छ ।
बुधबार बिहान साढे ८ देखि साढे ९ बजेसम्म अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मुखमा कालोपट्टि बाँधेर सांकेतिक विरोध गरेका हुन् ।
मूल्यवृद्धि फिर्ताको माग राख्दै प्लेकार्ड बोकेर सरकार विरुद्ध मौन आन्दोलन गरेको अनेरास्ववियु त्रिवि इन्चार्ज मदन विष्टले बताए । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभएसम्म निरन्तर विरोध गर्ने जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु