होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणी–७ का वडाध्यक्ष जुद्व अयडी निलम्बनमा
समाचार

त्रिवेणी–७ का वडाध्यक्ष जुद्व अयडी निलम्बनमा

  • नागरिक रैबार
त्रिवेणी–७ का वडाध्यक्ष जुद्व अयडी निलम्बनमा

बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका छन्।

एमालेको विद्यार्थी संगठन अनेरास्वियूका नेता चेतन अयडीको हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाई पुर्पक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरेको छ। अयडी थुन चेक आदेशमार्फत कारागार गएपछि  स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिवक्ता गुरु प्रसाद वाग्लेले बताएका छन्। जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले सफाइ तथा उनको घटनामा कुनै संलग्नता नरहेको पाइएमा पुन निलम्बन फुकुवा हुने बताए।

मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत वडा अध्यक्ष सहित ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। सरकारी वकिलको कार्यलय बाजुराले २२ जना विरुद्ध जन्मकैद माग दाबीसहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो। १२ जना मध्ये १० जना मात्र प्रक्राउ परेका छन्। एक जना उपचारमा रहेकोले प्रहरीले ९ जनालाइ मात्र जिल्ला अदालत पेश गरेको थियो। बाँकि १२ जना फरार रहेको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार