होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चेतन हत्याकाे आराेपमा ९ जना पुर्वपक्षका लागि कारागार चलान
समाचार

चेतन हत्याकाे आराेपमा ९ जना पुर्वपक्षका लागि कारागार चलान

  • नागरिक रैबार
चेतन हत्याकाे आराेपमा ९ जना पुर्वपक्षका लागि कारागार चलान

नागरिक रैबार
बाजुरा ६ पुस। अनेरास्ववियुका नेता चेतन अयडीकाे हत्या आराेपमा प्रक्राउ परेका ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरिएकाे छ । हत्याकाे आराेपमा चेतनका बुवा गगन अयडिले दिएकाे किटानी जाहेरी अनुसार २२ जना मध्ये ९ जनालाइ प्रहरीले प्रक्राउ गरि अदालत पेश गरेको थियो ।
मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरेको जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराले चेतनकाे हत्या आराेपमा २२ जना मध्ये १० जनालाई पक्राउ गरेको थियाे । एकजना उपचारकाे क्रममा रहेकाले ९ जनालाइ मात्र अदालत पेश गरिएकाे थियाे । बाँकि १२ जना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाजुराले बाँकि १२ जनालाइ ३५ दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारि गरेको छ ।
मंसिर ४ गते भएको संघ र प्रदेशको चुनावको दिनमा काँग्रेसका एक कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको थियो । मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानिय सञ्जिव अयडीको मृत्यु भएको थियो । सञ्जिवको छातिमा गोलि लागेर घटना स्थलमै मृत्यु भएको थियो । सञ्जिवको मृत्यु पछि चेतनको घरमा पुगेर चेतनलाइ कुटपिट गरि हत्या गरेका थिए ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार