होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा जिल्ला अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवा सूरु
Breaking News

बाजुरामा जिल्ला अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवा सूरु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा जिल्ला अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवा सूरु

नागरिक रैबार/बाजुरा ५ भदाै । बाजुरा जिल्ला अस्पतालमा स्त्रीरोग बिशेषज्ञको सेवा आजबाट सुरु भएको छ । जिल्ला अस्पताल बाजुरामा पहिलोपटक डाक्टर सुनिल कुमार शाहले स्त्री रोग सम्वन्धिको सेवा दिने भएका हुन् ।

जिल्ला अस्पताल बाजुरामा सेवा लिन आउने आमाहरुको अकालमा ज्यान गुमाउनुपर्ने अबस्था आउँन नदिनका लागि स्त्री रोग बिशेषज्ञको सेवा सुरु गरेको जिल्ला अस्पताल व्यवस्थापन समिति बाजुराका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् ।

जिल्ला अस्पताल बाजुरामा  बिशेषज्ञ डाक्टर आएपछि जिल्लाभरका महिलाहरुका लागि सहज हुने जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
जिल्ला अस्पताल बाजुरामा स्त्रिरोग बिशेषज्ञ डाक्टर शुनिल कुमार शाह आएपछि सो सेवा आईतबारबाटै सेवा संचालनमा आएको जिल्ला अस्पताल बाजुराका ब्यबस्थापन समितिका अध्यक्ष कार्कीले बताएका छन् ।

विज्ञापन

जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्री रोग विशेषज्ञ नहुँदा धेरै रोग लुकाउनुपर्ने बाध्यतालाइ कम गर्न सकिने अस्पतालले जनाएको छ  ।

जिल्ला अस्पतालमा महिलाका हरेक रोगहरुको उपचारको लागि कटिबद्ध भएर सेवा दिन बाजुरा पुगेको डाक्टर शुनिल कुमार शाहले बताए । जिल्ला अस्पतालमा भएका उपकरण र आफ्नो क्षेमताले भ्याए जति बाजुराका नागरिकलाई सेवा दिने बिशेषज्ञ डाक्टर शाहले बताए ।

जिल्ला अस्पतालमा आएका धेरै महिलाहरुको समस्याहरु समाधान गर्न सकिने जिल्ला अस्पताल बाजुराले जनाएको छ । यस अघि जिल्ला अस्पतालमा महिला स्त्री तथा प्रसुती रोग विशेषज्ञ नहुँदा यहाँका महिलाहरु जिल्ला बाहिर गएर उपचार गराउँदै आएका थिए ।

स्वास्थ्य संवेदनशीलताप्रतिको जानकारी कम, आर्थिक अभावले अस्पताल जान नसक्नु, घरायसी कामको बोझ, परिवारको बेवास्ता, रोग निको पार्दिन्छन् भन्नेमा देवी देवताप्रतिको विश्वास, धामी झाँक्रीको भरजस्ता कारणले आफूहरू वर्षौंदेखि रोग सहेर बस्न बाध्य भएको बाजुराका लागि केही राहत हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै