होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिल्ला समन्वय समितिमा एमालेको एकल उम्मेदवारी
समाचार

जिल्ला समन्वय समितिमा एमालेको एकल उम्मेदवारी

  • नागरिक रैबार
जिल्ला समन्वय समितिमा एमालेको एकल उम्मेदवारी

नागरिक रैबार/ बाजुरा ५ साउन। जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्धारी परेको छ । नेकपा एमालेको १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको हाे ।

जिल्लाका ९ वटा स्थानिय तहमा बुढीगंगा, बडिमालिका नगरपालिका,गौमुल, जगन्नाथ गाउपालिकामा गरि ४ वटा स्थानिय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । त्रिबेणी नगरपालका, स्वामीकार्तिक खापर गाउपालिका गरि २ वटा पालिकामा प्रमुख उपप्रमुख नेपाली काँग्रेशले जितेको छ ।

खप्तड छेडेदह गाउपालिकामा अध्यक्ष नेकपा एमालेले जितेको छ भने उपाध्यक्ष नेपाली काँग्रशले जितेको छ त्यस्तै हिमाली गाउपालिकामा अध्यक्ष नेपाली काँग्रेशले जितेको छ भने उपाध्यक्ष नेकपा एमालेले जितेको छ ।

विज्ञापन

बुढीनन्दा नगरपालका प्रमुख नेकपा एमालेले जितेको छन भने उपप्रमुखमा स्वातन्त्र उम्मेद्धारले जितेका छन । स्वतन्त्र उम्मेद्धारलाई नेकपा एमालको समर्थनमा जितेका हुन । स्वतन्त्र उम्मेद्धारको नेकपा एमालेलाई समर्थन रहेको छ ।

जम्मा १८ जना मध्ये १२ जना एमालेको पक्षमा र ६ जना नेपाली काँगेस पक्षका रहेका छन् । साउन ५ गते दिउसो १ बजेसम्म मनोनय दर्ताको समय तालिका बनाएको भएपछि नेकपा एमालेले मात्र उम्मेद्धारी दर्ता गराएको र नेपाली काँग्रेशले उम्मेदारी नै नदिएको मुख्य निर्बाचन अधिकृत्त माधबप्रसाद घिमिरेले बताएका छन् ।

May be an image of 9 people and people standing

नेकपा एमालेबाट समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछि सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतराले उम्मेद्धारी दर्ता गराएका छन् । त्यसै गरि महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देबी विकले उम्मेदारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृत्तको कार्यालयले जानकारी दिएको छ ।
जिल्लाका ९ वटा स्थानिय तह मध्ये ८ वटा स्थानिय तहको असार २३ गते पहिले नै निर्बाचन सम्पन्न गरिएको छ । बुढीगंगा नगरपालिकाको स्थानिय निर्बाचन असार २३ गते सम्पन्न पश्चात असार ३२ गते कार्यपालिकाको निर्बाचन सम्पन्न भएको पत्र प्राप्त पछि साउन २ गते जिल्ला समन्वय समितिको निर्बाचनका लागि कार्यतालिका सार्बजनिक गरिएको थियो ।

साउन ५ गते उम्मेद्धारी दर्ता गरि साउन ६ गते उम्मेद्धारको बिरोधमा उजुरी र मनोनयन पत्रको जाँच र उजुरी उपरको निर्णय गरिने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । त्यस्तै साउन ७ गते उम्मेद्धारको नामावली प्रकाशन र उम्मेद्धारले नाम फिर्ता लिने तालिका छ भने साउन ८ गते उम्मेदारको अन्तिम नामावली प्रकाशन, उम्मेद्धारलाई चुनाव चिन्ह प्रदान गरिने र निर्बाचन हुने कार्यतालिका रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ६ दिन अगाडि

भर्खरै