होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीम रावलले संसदको रोष्टम २० मिनेट ‘कब्जा’ गरेपछि…
समाचार

भीम रावलले संसदको रोष्टम २० मिनेट ‘कब्जा’ गरेपछि…

  • नागरिक रैबार
भीम रावलले संसदको रोष्टम २० मिनेट ‘कब्जा’ गरेपछि…

प्रतिनिधि सभामा ‘ग्लोबल ग्रीन ग्रोथ इस्टिच्यूटको सहभागितामुलक सदस्यको रूपमा सदस्यता प्राप्त गर्न स्वीकृत प्रदान गर्ने सम्बन्धी’ छलफलका क्रममा बोल्न रोष्टम पुगेका रावलले एसपिपीको विषय उठान गरेका थिए।

बोल्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई तीन मिनेटको दरले समय दिएका थिए। सुरूमा नेकपा माओवादीका सांसद शक्तिबहादुर बस्नेत बोलेका थिए। त्यसपछि सांसद पूर्णकुमारी सुवेदी बोलेकी थिइन्।

सुवेदीपछि बोल्ने पालो एमाले सांसद भीम रावलको थियो। रावललाई रोष्टम बोलाएर सभामुख सापकोटा बाहिर निस्केका थिए। यसपछि सभामुख आसनमा नेकपा माओवादी केन्द्रकी सांसद सत्या पहाडी बसेकी थिइन्।

विज्ञापन

एमाले सांसद रावलले छलफलमा प्रस्तुत प्रस्तावबारे नेपाल सरकारले ध्यान दिनुपर्ने बताउँदै कुरा सुरू गरेका थिए।

‘कुनै पनि ठूला देशहरू, जसले प्रशस्त मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्छन् उनीहरू कोही पनि सदस्य भएको देखिँदैन,’ रावलले भने, ‘नेपाल सन्धी सम्झौता पीडित देशका रूपमा रहेको छ। आजसम्म सन्धी सम्झौता सच्याउन सकेको छैन।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ७ दिन अगाडि

भर्खरै