होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ५ मनाका कृषकलाइ बाख्रा वितरण
समाचार

बडीमालिका ५ मनाका कृषकलाइ बाख्रा वितरण

  • नागरिक रैबार
बडीमालिका ५ मनाका कृषकलाइ बाख्रा वितरण

राजेन्द्र बिक/बाजुरा ६असार। बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-५ मनामा पशुपालक कृषकहरुलाइ बाख्रा वितरण गरिएको छ।

पशु सेवा बिज्ञ केन्द्र बाजुराको बाख्रा ब्लक कार्यक्रम अन्तर्गत कृषकहरुलाइ आधुनिक तरिकाले बाख्रा पालन गरि गाउँमै रोजगारी सृजना गराउने र गरिबी न्यूनीकरण गर्ने उदेश्यले प्रती कृषक २बाख्राका दरले ३७परिवारलाइ ७६ बाख्रा र ६जना कृषकलाइ प्रती कृषक १का दरले ६ ओटा बोका बितरण गरिएका छन्।

गाउँ भरिका बाख्राहरुको नश्ल सुधारका लागि स्थानिय जातका बाख्रा तथा उन्नत जातका बोकाहरु वितरण गरिएको पशु सेवा बिज्ञ केन्द्र बाजुराका सिद्धराज जैशिले बताउनुभएको छ।

विज्ञापन

बाख्रा पालन ब्यबसायका लागि आवश्यक प्रशस्त जंगल र उपयुक्त वातावरण भएकाले बाख्रा पालन ब्यबसायको उच्च सम्भावनालाई मध्यनजर गरि बाख्रा पालक कृषकहरूको स्तरोन्नति तथा व्यावसायिक तवरले जिबिकोपार्जनका लागि बडिमालिका नगरपालिका ५को मना जिल्ला भरिकै एक मात्र बाख्रा ब्लक कार्यक्रम संचालन भइरहेको गाउँ भएको पशु सेवा बिज्ञ केन्द्र बाजुराले जनाएको छ।

बडिमालिका नगरपालिका पशु सेवा शाखा प्रमुख गोपालचन्द्र भण्डारीका अनुसार बाख्रा वितरणले कृषकहरुलाई ब्यबसायिक बाख्रा पालनमा उत्प्रेरित गराइ आयआर्जनमा टेवा पुर्याउनेछ।पशु सेवा बिज्ञ केन्द्र बाजुराले रु. ३०लाखको लागतमा मना गाउँमा बाख्रा ब्लक कार्यक्रम संचालन गरिरहेको छ।

बाख्रा ब्लक कार्यक्रम अन्तर्गत हाल मनामा बाख्रा वितरण सहित प्रती कृषक ३लाखका दरले ७जना कृषकका लागि ७ओटा आधुनिक खोर निर्माण समेत गरिसकेको छ।बाख्रा ब्लक कार्यक्रम संचालनले स्थानिय बाख्रा पालक कृषकहरु निकै खुशी भएका छन्।

आधुनिक तरिकाले बाख्रा पालनको महत्त्व बारे जानकारी प्राप्त हुनुका साथै बाख्रा पनि पाएका कारण आफुमा व्यावसायिक बाख्रापालनमा लाग्न उत्प्रेणा जागेको भन्दै स्थानीय कृषक हंश साउंदले खुशी ब्यक्त गर्नु भयो।

बाख्रा ब्लक कार्यक्रम अन्तर्गत अबका एक दुई दिन भित्रै गाउँ भरिका बाख्रामा छाला सम्बन्धी भित्री रोग र बाह्य रोगको निधान गर्न आइभर मेक्टृन खोप लगाउने तथा जुकाको औषधि समेत खुवाइने योजना बिज्ञ केन्द्र बाजुराको रहेको नायब पशु स्वास्थ्य प्राबिधिक बल रावलले बताउनु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार