सल्यान: सल्यानको सिद्धकुमाख गाउँपालिका १ हामपालमा अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ। सोमवार साँझ अरिङ्गालले टोक्दा २१ वर्षीया सोभा बस्नेत बुढाथोकी र उनकी छोरी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी सन्तोष खनालले जानकारी दिए।
थप उपचारका लागि कोहलपुर लैजाँदै गर्दा सोभा र छोरी प्राप्तीको मृत्यु भएको डीएसपी खनालले जानकारी दिए। घाइते नबिनको भने परोपकार अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।
फेसबुक प्रतिक्रियाहरु