होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नहुने
समाचार

यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नहुने

  • नागरिक रैबार
यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नहुने

काठमाडौं । निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको हो ।

मतदाता शिक्षाको क्रममा मतदाताहरुलाई बदर नहुने गरी मतदान कसरी गर्ने भन्ने कुरा सिकाइन्छ । त्यसका लागि नमूना मतपत्र प्रकाशित गरी आयोगले स्वयंसेवकहरु परिचालन गरी भोट हाल्ने तरिका सिकाउँथ्यो । यो काममा आयोगले लाखौं बजेट खर्च गरे पनि मत बदर हुन नरोकिएको र मतदाता शिक्षाका लागि खटिएका स्वयंसेवकहरु निष्पक्ष नभएको गुनासो आउने गरेको थियो ।

मतदाता शिक्षाका लागि खटाइएकाहरु कुनै न कुनै राजनीतिक दल वा उम्मेदवारसँग निकट हुने र उनीहरुले मतदातालाई प्रभाव पार्न सक्ने भएकाले पनि यस वर्ष घरदैलो अभियान नगर्ने निष्कर्षमा आयोग पुगेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने बताए । मतदान स्थलमै सूचना केन्द्र स्थापना गर्ने दुई दिन भोट हाल्ने तरिका सिकाइने उनी बताउँछन् ।

पौडेलले भने, ‘घरदैलो अभियान प्रभावकारी भएन, सिकाउनेहरु निष्पक्ष भएनन्, जिम्मेवारपूर्ण काम गरेनन् भन्ने गुनासो आएकाले यस वर्ष वैशाख २९ र ३० गते मतदान केन्द्रमै सूचना केन्द्र स्थापना गरी भोट हाल्ने तरिका सिकाइने छ ।’

आयोगका कर्मचारीहरुको प्रत्यक्ष निगरानीमा मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाउने गरी संक्षिप्त कार्यक्रम गर्ने उनले बताए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मतदाता शिक्षाका लागि करिब ८० करोड बजेट छुट्याएको आयोगले यस वर्ष उक्त शीर्षकको बजेट पनि आधा भन्दा बढीले कटौती गरेको छ । यस वर्ष मतदाता शिक्षाका लागि करिब २४ करोड बजेट छुट्याइएको आयोगले जनाएको छ ।

घरदैलो अभियान सन्चालन नगरे पनि सूचना प्रविधिलाई उपयोग गरेर भोट मतदाता शिक्षा दिइने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन् । यस वर्ष आयोगले मतदाता शिक्षाका लागि सञ्चार माध्यम र सामाजिक सन्जालको अधिकतम प्रयोग गर्ने नीति लिएको छ ।

‘अहिले धेरैभन्दा धेरै अडियो, भिडिओ सामग्रीहरु उत्पादन गरेर स्थानीय रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन पोर्टल र सामाजिक सन्जालमार्फत् प्रकाशन प्रसारण गर्ने आयोगको नीति रहेको छ,’ सहायक प्रवक्ता अर्यालले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै