होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एसपीपीमा अमेरिकीले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने उल्लेख छ : प्रेम सुवाल
समाचार

एसपीपीमा अमेरिकीले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने उल्लेख छ : प्रेम सुवाल

  • नागरिक रैबार
एसपीपीमा अमेरिकीले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने उल्लेख छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने विषय उल्लेख रहेको दाबी गरेका छन् ।

बुधबार कानुन मन्त्रालयका लागि विनियिोजन विधेयकमाथि कानुन मन्त्री गोविन्द बन्दीले दिएको जवाफ सुनेपछि सांसद सुवालले प्रतिप्रश्न गर्दै यस्तो दाबी गरेका हुन् ।

‘एसपीपीमा अमेरिका सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने र बाहिर निस्कँदा हतियारसमेत बोक्न पाउने, गाडीसँगै हजाइजहाज पनि ल्याउने भनिएको छ,’ सुवालले भने, ‘देश विक्री भन्नुको अर्थ कसैले उठाएर लाने होइन । सरकारमा गएका पार्टी र नेताहरुलाई हातमा लिएर शासन गर्ने हो ।’

विज्ञापन

रुस पन्ध्र टुक्रामा विभाजित भएको विषय किन बुझ पचाइएको भन्ने उनको प्रश्न छ । भन्छन्, ‘सत्तालोलुप नेताहरुकै कारण रुसमा पुजीँवादका पुनस्थापना भएको र देश पन्ध्र टुक्रा भएको किन बुझ पचाउनुभयो ?’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै