



हरिश चन्द, डडेल्धुराः डडेल्धुरामा सम्पन्न पदम मेमोरियल कपको उपाधि किङ्स युथ क्लबले हात पारेको छ। पदम भण्डारीको स्मृतिमा डडेल्धुराको किङ्स युथ क्लबद्वारा आयोजित पदम मेमोरियल कप जिल्ला स्तरीय खुल्ला टी– २० पुरुष क्रिकेट प्रतियोगिता मंगलवार भएको फाइनल खेलमा परशुराम नगरपालिकालाई २२ रनले हराउँदै किङ्सले उपाधि जितेको हो।
कप्तान सुनिल तामाङले टस जितेर ब्यटिङ गरेको किङ्स युथले निर्धारित २० ओभरको खेलमा ६ विकेटको १ सय ४५ रन बनायो। उसका लागि किसन साउँदले २ छक्का र २ चौकाको सहयोगमा ४१, हरिश चन्दले तीन छक्का र एक चौकाको साथमा २५, निरन्जन रावलले दुई छक्का र एक चौका प्रहार गर्दा २१, अमुल रावलले १९ र कप्तान सुनिल तामाङले १४ रनको योगदान दिए।
परशुरामका लागि प्रशान्त जोशीले दुई, धिरेन्द्र साउँद, हर्क भण्डारी र धिरज जोशीले सामान एक–एक विकेट हात परे। १ सय ४६ रनको लक्ष्य पछ्याएको परशुरामका लागि धिरज साउँदले ३२, प्रशान्त जोशीले १७ र हर्क भण्डरीले १५ रन बनाए। अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन। किङ्स युथका किसन साउँदले ४, सन्तोष भट्ट र गणेश देउवाले २–२ र अमृत पाठकले एक विकेट लिए।
म्यन अफ द म्याच किङ्स युथ क्लवका किसन साउँद घोषित भए। प्रतियोगितामा म्यन अफ द सिरिज सुनिल तामाङ घोषित भए भने बेष्ट बलर परशुराम नगरपालिका हर्कबहादुर भण्डारी घोषित भए। त्यस्तै राइजिङ खेलाडीमा विश्वास श्रेष्ठ घोषित भएको आयोजकले जनाएको छ। म्यान अफ द सिरीज र राजिङ खेलाडिलाई पूर्व राष्ट्रिय खेलाडि जगदीश पनेरुले रु ५ हजार पुरुस्कार प्रदान गरे।
पनेरुले क्रिकेट प्रतियोगिताका लागि म्यटको पनि ब्यवस्था गरेको किङ्स युथ क्लबका अध्यक्ष गणेश देउवाले बताए। विजेता टिमले नगद ३० हजार ट्रफी, प्रमाणपत्र र मेडल पाएका थिए भने उप विजेताले १५ हजार ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेको आयोजकले जनाएको छ।





फेसबुक प्रतिक्रियाहरु