होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालेन र हर्कलाई अमेरिकाबाट पुरस्कार
समाचार

बालेन र हर्कलाई अमेरिकाबाट पुरस्कार

  • नागरिक रैबार
बालेन र हर्कलाई अमेरिकाबाट पुरस्कार

एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाले यो वर्ष प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । जसमा काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ पनि पुरस्कृत हुने भएका छन् । स्वर्गीय यमबुद्ध अनिल अधिकारीको नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार कलाकार तथा र्याप गायक काठमाडौंका मेयर शाहलाई प्रदान गरिने भएको हो । त्यस्तै, स्वर्गीय अर्जुनप्रसाद प्रसाईं लोकप्रिय युवा नेता पुरस्कारबाट हर्क साम्पाङ राईलाई प्रदान गरिने भएको छ ।

त्यस्तै, नारायण जयन्ता प्रसाईं नेपाली वेभ जर्नलिज्म अवार्डबाट पूर्वेली न्यूज डटकम तथा नेप्लिज डटकमका सम्पादक मणिराम दाहाल सम्मानित हुँदैछन् । पुरस्कारको राशी २५ हजारको रहेको छ । सामाजिक क्षेत्रमा प्रदान गरिने पुरस्कार यो बर्ष लक्ष्मी प्रतिष्ठान र तुलसादेवी फाउन्डेसनलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। यो पुरस्कारको राशी पनि २५ हजार रहेको छ ।

विज्ञापन

साहित्य संगीत, गायन कलाकारिताको क्षेत्रमा प्रदान गरिने एकलाख राशीको पुरस्कार चार जनालाई संयुक्त रुपमा जनही २५ हजारको दरले प्रदान गरिने भएको छ । यो पुरस्कार पाउनेमा साहित्यकार माया ठकुरी, गार्गी शर्मा, पप गायक ओमविक्रम विष्ट र भारतीय नेपाली साहित्यकार कृष्ण प्रधान रहेका छन् ।

आयोजकका अनुसार यी पुरस्कार नेपालमा रहनेलाई नेपालमै र अमेरिकामा रहनेलाई अमेरिकामै प्रदान गरिनेछ । भाषा साहित्य र संस्कृतिको जगेर्नाको निमित्त अमेरिकामा खोलिएको एन एन जे इन्टरटेन्मेन्टले सन् २००५ देखि अमेरिकामा निरन्तर सक्रिय छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार