होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णाली पुल झिलिमिली बनाइने, संयोजकमा भट्ट
समाचार

कर्णाली पुल झिलिमिली बनाइने, संयोजकमा भट्ट

  • नागरिक रैबार
कर्णाली पुल झिलिमिली बनाइने, संयोजकमा भट्ट

धनगढी : सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश जोड्ने चिसापानी–कर्णाली पुल झिलिमिली बनाइने भएको छ। कैलाली उद्योग वाणिज्य संघको बोर्ड बैठकले चिसापानी–कर्णाली पुल झिलिमिली बनाउने निर्णय गरेको हो।

उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य लोकराज भट्टको प्रस्तावमा उक्त निर्णय भएको संघले जनाएको छ। ‘कम लागतमा कर्णाली पुललाई धेरै कलात्मक र सिर्जनात्मक बनाउन सकिने देखिन्छ,’ उनले भने, ‘झिलिमिली बनाउनका लागि आवश्यक बजेट जोहो गर्न स्थानीय, प्रदेश र संघीय सरकारसंग पनि छलफल गर्छाै। निजी क्षेत्रसंग पनि छलफल गर्छाै।’

उनका अनुसार कर्णाली पुललाई झिलिमिली बनाउन सके सुदूरपश्चिम प्रदेशले पर्यटन प्रवद्र्धनमा फड्को मार्ने छ। ‘अहिले कर्णाली पुलमा दिनमा मात्रै आन्तरिक पर्यटक पुगेका हुन्छन्,’ भट्टले भने, ‘पुल झिलिमिली बनाउन सके रातिको समयमा पर्यटकको भीड लाग्ने छ।’

विज्ञापन

उद्योग वाणिज्य संघले त्यसका लागि संघका सदस्य भट्टलाई नै संयोजक पनि बनाएको छ। कर्णाली पुल सन् १९९३ मा बनेको हो। पुलको बीच भागमा एउटा ठूलो खम्बा छ। त्यसमा स्टीलका तारहरु बाँधेर ट्रस लाई अड्याइएको छ। पुल पाँच सय मिटर लामो तथा १० मिटर चौडा छ। पुलको खम्बाबाट एकपट्टी ३२५ मिटर लम्बाई छ भने अकातर्फ १७५ मिटर लम्बाई छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ। जसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै