होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिउँद नसकिंदै सरदरभन्दा बढी वर्षा
समाचार

हिउँद नसकिंदै सरदरभन्दा बढी वर्षा

  • नागरिक रैबार
हिउँद नसकिंदै सरदरभन्दा बढी वर्षा

काठमाडौं । यस वर्षको हिउँदयाममा सरदरभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिउँदमा सरदर ६०.९ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्षको अहिलेसम्म ६८.७ मिलिमिटर वर्षा भइसकेको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागको जलवायु शाखाको रेकर्ड अनुसार गत वर्ष हिउँदमा जम्मा १५.५ मिलिमिटर वर्षा भएको थियो ।

विज्ञापन

अंग्रेजी वर्षको डिसेम्बरदेखि फेब्रुअरी महिनाको अवधिलाई हिउँदयाम मानिन्छ । यस वर्षको हिउँदयाम सकिन अझै १३ दिन बाँकी छ । यस अवधिमा थप पानी पर्न पनि सक्ने अनुमान गरिएको छ । यद्यपि अहिलेसम्म नेपालमा पानी पार्ने उल्लेख्य प्रणाली देखिएको छैन ।

नेपालमा विगत ३० वर्षको अवधिमा भएको वर्षाको तथ्यांकको आधारमा औसत वर्षा निकालिन्छ ।यस वर्षको हिउँदयाममा वर्षा र हिमपात राम्रै भएकाले बालीनालीलाई सहयोग पुगेको अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार