होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालबालिका विनाको बाल दिवस,कता छन् बालबालिका
समाचार

बालबालिका विनाको बाल दिवस,कता छन् बालबालिका

  • नागरिक रैबार
बालबालिका विनाको बाल दिवस,कता छन् बालबालिका

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकामा बालबालिका विनाको बालदिवस मनाईएको देखिन्छ । बालदिवसमा बालबालिका नभई सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधीहरुको मात्र बढि सहभागिता रहेको थियो । बालदिवसमा बालबालिकाको बढि भन्दा बढि सभागिता हुनपर्ने भएता पनी तर बडिमालिका नगरस्तरिय बाल संजालले आयोजना गरेको कार्यक्रममा बालबालिकाको सहभागिता रहेको थिएन ।

“बालमैत्री समाजको आधार ,जिम्मेवार परिवार उत्तरदायी सरकार” याे हाे बालदिवसकाे नारा । तर यता बडिमालिका नगरपालिकाकाे सहकार्यमा आयोजनामा गरेको बालदिवसमा नगरपालिकानै उत्तरदायी नभएको पाईएको छ । बडिमालिका नगरपालिका भित्र करिव २५ वटा विद्यालय छन् ।तर पनी ५८ औँ राष्ट्रिय बालदिवसमा भने २५ जना बालबालिका देखिदैनन् ।

उक्त कार्यक्रममा चार पाँच जना मात्र बालबालिकाको सहभागिता रहेको थियो । बाँकी भने सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । युनिसेफको अािर्थक सहयोग तथा बडिमालिका नगरपालिकाको सहकार्य र नगर स्तरिय बाल संजालको आयोजनामा ५८ औँ राष्ट्रिय बालदिवस कार्यक्रमको संचालन गरिएको हो । राज्यले हरेक तहका बालबालिकामा लगानी गर्नुपर्छ, यो बालबालिकाको अधिकारको दृष्टिकोणबाट पनि महत्वपूर्ण छ । तर पनी उक्त बालदिवसमा बालबालिकानै सहभागिता नहुनु विडम्वना हो ।

विज्ञापन

बालदिवसको अवसरमा जिल्लाकै सदरमुकाममा रहेको बडिमालिका नगरपालिकामा बालबालिकाको सहभागिता भएन भने दुर्गमाका पालिकाका बालबालिकाहरु सहभागिता भए होलान्त । ‘एक दिन दिवस मनाएर के हुन्छ’ भनी तर्क गरेको पनि बाक्लै पाइन्छ। नेपालमा मात्रै होइन, विश्वभर अन्तर्राष्ट्रिय रूपमै कतिपय देश विशेषले विभिन्न विषयमा दिवस मनाउँदै आएका छन्।

एक दिन दिवस मनाउँदैमा आमूल परिवर्तन भइहाल्छ भन्ने होइन, तर दिवसहरू मनाइने त्यो एक दिन भनेको सम्बन्धित विषयमा केन्द्रित रहने, भएका प्रयासको समीक्षा गर्ने र नयाँ प्रतिबद्धतासहित कार्यान्वयनमा जाने अवसर हो। सबैलाई घचघच्याउने दिन हो। बालबालिकाले रमाइलो गर्ने, सिर्जनात्मक प्रतिभा देखाउने, खुसी मनाउने, बालबालिकाले आफ्नो अस्तित्व र महत्व महसुस गर्ने दिन पनि हो, बालदिवस। वास्तवमा बालदिवस घरघरमा, परिवार–परिवारमा मनाइनुपर्ने हो।

तर यो हामी अभिभावककै पनि प्राथमिकतामा परिरहेको छैन। बालदिवस बालबालिकाका लागि मात्रै होइन, सिंगो राष्ट्रका निम्ति हुनुपर्छ। प्रत्येक जिम्मेवार निकाय र वयस्कले बालबालिकाका निम्ति बालबालिकाका साथमा मनाउनुपर्छ। बालबालिकाप्रतिको जिम्मेवारी हामी सबैमा तीन सय ६५ दिन नै रहनुपर्छ, तर यो एक दिन, विशेष दिनका रूपमा सबैले गम्भीरताका साथ आफूलाई व्यक्तिगत रूपमा र पदीय रूपमा समेत अझ बढी दायित्ववान बनाउन जरुरी छ । समन्धित स्थानिय सरकारले बालबालिकाका निम्ति के गरेँ, के गर्न सक्छु भनी नियाल्न जरुरी छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार