होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरालाइ पनि ६०औं साक्षर जिल्ला घोषणा
समाचार

बाजुरालाइ पनि ६०औं साक्षर जिल्ला घोषणा

  • नागरिक रैबार
बाजुरालाइ पनि ६०औं साक्षर जिल्ला घोषणा

 नागरिक रैबार/३०असार, बाजुरा । बाजुरा जिल्ला साक्षर जिल्ला घोषणा गरिएको छ । आज एक कार्यक्रमका बिच प्रतिनिधि सभाका सदस्य लालबहादुर थापाले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।

जिल्लाका ९ओटै स्थानिय तहका प्रमुख तथा शिक्षा संग संबंधित सरोकारवालाहरुको उपस्थितिमा साक्षर नेपाल बर्ष २०७६ को अवधारणा पत्र बमोजिम बाजुरा जिल्लाका ९ ओटै स्थानीय तहले विभिन्न मितिमा साक्षर स्थानीय तहले घोषणा गरेको घोषणा प्रतिवेदनका आधारमा जिल्लाको १५ देखि ६० बर्ष समुहका जम्मा जनसंख्या ९४ हजार २ सय ५ मा ९१ हजार ६ सय ७१अर्थात ९७ दशमलव ३१प्रतिशत जनसंख्याले साक्षर नेपाल बर्ष २०७६को अवधारणा पत्र बमोजिम सक्षमता पूरा गरेकोमा शिक्षा विकास तथा समन्वय इकाई बाजुरा द्वारा आयोजित कार्यक्रममा देशको ६०औं स्थानको रुपमा बाजुरा जिल्लालाइ साक्षर जिल्ला घोषणा गरिएको हो।

जिल्ला समन्वय अधिकारी किरण बिकको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले अब जिल्लालाइ पुर्णसाक्षरता बनाउन सबैले आफु प्रतिबद्ध भएर लाग्ने र अरु सबै सरोकारवालाले पनि आ–आफ्नो क्षेत्रबाट भुमिका निभाउनु पर्ने बताउनु भयो । कार्यक्रमको संचालन भने बडिमालिका शिक्षा शाखाका प्रमुख रंगमल विकले गर्नुभएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ७ दिन अगाडि

भर्खरै