होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खोप कार्डकै लागि खोप लगाउने बढे
समाचार

खोप कार्डकै लागि खोप लगाउने बढे

  • नागरिक रैबार
खोप कार्डकै लागि खोप लगाउने बढे

काठमाडौं, पुस ३० । सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ ।

सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्नुपर्ने व्यवस्था गरिएपछि खोप लगाउनेको भीड बढेको हो ।

केही दिनअघिसम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप लगाउनका लागि मानिसहरू आउँदैनथे तर सरकारले खोप कार्ड अनिवार्य बनाएपछि टेकुमा दिनहुँजसो भीड लाग्ने गरेको छ । टेकु अस्पतालको प्रवेशद्वारबाट नै अहिले खोप लगाउने मानिसको लाम लाग्न थालेको छ ।

विज्ञापन

अघिल्लो दिन मात्र काठमाडौँमा २५ हजारभन्दा बढीले खोप लगाएका छन् । यो सङ्ख्या फाइजर लगाएका बालबालिकाको सङ्ख्या समावेश छैन । काठमाडौँमा फाइजर लगाउने बालबालिकाको सङ्ख्या दैनिक २४ हजारभन्दा माथि रहेको छ ।

निजी अस्पतालबाट पनि खोप सरकारी अस्पतालमा खोप लगाउनेको भीड बढेपछि निजी अस्पतालमा समेत खोप लगाउन थालिएको छ । काठमाडौँका १८ वटै अस्पतालमा खोप लगाउनेको सङ्ख्या बढिरहेको छ । एउटा केन्द्रमा हजारभन्दा बढीले खोप लगाउने गरेका छन् । यसअघि सरकारले नियमित खोप लगाए पनि कुनै पनि केन्द्रमा खोप लगाउनेको भीड हुने गरेको थिएन  ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार