होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा पानी पर्न अझै २–३ दिन लाग्नसक्छ : मौसमविद्
समाचार

धनगढीमा पानी पर्न अझै २–३ दिन लाग्नसक्छ : मौसमविद्

  • नागरिक रैबार
धनगढीमा पानी पर्न अझै २–३ दिन लाग्नसक्छ : मौसमविद्

धनगढी : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन फैलिन अझै केही दिन लाग्ने जनाएको छ। पूर्वी नेपालबाट भित्रिएको मनसुन अहिले मधेस प्रदेश हुँदै गण्डकी प्रदेशसम्म फैलिएको महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

उनका अनुसार देशव्यापी रूपमा मनसुन सक्रिय हुन अझै केही दिन लाग्नेछ। सुदूरपश्चिम प्रदेशमा पनि अझै मनसुन सक्रिय भएको छैन। अत्यधिक गर्मी बढेपछि प्रदेशका तराइका जिल्ला कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएको छ। ‘ धनगढीमा पानी पर्न अझै २/३ दिन लाग्नसक्छ,’ मौसमविद् राजु प्रधानाङ्गले दिनेशखबरलाई भने, ‘मनसुन नफैलिँदासम्म तापक्रम घट्ने देखिएको छैन।’

महाशाखाले सोमबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ। बुलेटिनमा सोमबार प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा सामान्यदेखि आंशिक बदली रहने उल्लेख छ।

विज्ञापन

मंगलबार र बुधबार प्रदेश नम्बर १, मधेश, बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागहरुमा आंशिकदेखि मौसम सफा रहने बुलेटिनमा उल्लेख छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार