होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कतार विश्वकप अब एकदिन अगाडि नै !
समाचार

कतार विश्वकप अब एकदिन अगाडि नै !

  • नागरिक रैबार
कतार विश्वकप अब एकदिन अगाडि नै !

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ । सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि गृहकार्य सुरु गरेको छ । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले जनाएको छ।

जसअनुसार यस अघि नोभेम्बर २१ बाट सुरु हुने तय भएको विश्वकप अब नोभेम्बर २० बाटै सुरु हुनेछ। सो निर्णय सँगै उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्नेछ। यसअघि तेस्रो खेलका रुपमा तय गरिएको घरेलु टोली कतार र इक्वेडरबीचको खेललाई उद्घाटनका दिन खेलाउन लागिएको हो।

यसअघि उद्घाटन खेलमा सेनेगल र नेदरल्यान्डबीच प्रतिस्पर्धा हुने तय भएको थियो। तर, खेल तालिका हेरफेरका लागि फिफा काउन्सिल ब्यूरोबाट अनुमोदन भने अनिवार्य रुपमा हुनुपर्नेछ, जुन खेल तालिका हेरफेर गर्नका लागि भोटिङमा जानुपर्नेछ । सो भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित ६ महादेशका अध्यक्षहरूले मतदान गर्ने छन्। ​

विज्ञापन

कतार विश्वकप यसअघि नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १९ घन्टा अगाडि

भर्खरै