होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बडीमालिका र बुढिनन्दा मन्दिरमा धार्मिक मेला सुरु
समाज

बडीमालिका र बुढिनन्दा मन्दिरमा धार्मिक मेला सुरु

  • नागरिक रैबार
बडीमालिका र बुढिनन्दा मन्दिरमा धार्मिक मेला सुरु

नागरिक रैबार/ २६ साउन बाजुरा । बडिमालिका र बुढिनन्दामा मन्दिरमा धार्मीक मेला सुरु भएको छ । आज बिहानै देखी धार्मिक पिठको रुपमा रहेका बडिमालिका र बुढिनन्दामा मेला तथा पुजाआजा सुरु भएको हो ।

साउन शुक्ल चर्तुदशीको दिन लाग्ने मेला आज हरेक वर्ष झैँ यस वर्ष धार्मिक तिर्थस्थल बडिमालिका र बुढिनन्दा मन्दिरमा भक्तजनहरू पुगेर पुजा आजा गर्न लागेका पुजा ब्यस्थापन समितिले जनाएका छन । जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिका मन्दिरमा बिषेश पुजा हुने भएकाले आज नै भक्तजनहरु बर्षे झरीको प्रर्बाह नगरी देवीको दर्शन गर्न लाइनमा लगिरहेका छन्।

भक्तजनहरु हिजो बिहानै देखि त्रिवेणी मा स्नान गरि बडिमालिका मन्दिर परिसर मा आईसकेका थिए । त्रिबेणीमा स्नान गरी बडिमालिका माता को दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै आफूले चित्ताएको सबै कुराहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजनहरु यहाँ आउने गर्छन ।

विज्ञापन

नाटेश्वारी मन्दिर प्रकृतीक रुपले निकै भरी पुर्ण रहेको छ । यस मन्दिरमा बडीमालीका माताको दर्शन गरी सकेपछी नाटेश्वरी मन्दिरको दर्शन अनिवार्य गर्नु पर्ने धार्मिक परम्परा रहेको छ ।   नाटेश्वारी मन्दिरमा पुजा गर्दा मान्छको मनोकाक्षा पुरा हुने भने विश्वास रहेको छ । यो मन्दिर समुन्द्री सतहबाट १४ सय फिट उच्चाइमा रहेको छ ।
 

May be an image of 4 people and outdoors

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै