पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।
पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् ।
माल्यार्पण गर्न विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणहरु पनि त्यहाँ पुगेका छन् ।कार्यक्रममा पर्यटनमन्त्री प्रेम आले, राप्रपाका नेता कमल थापा लगायत थिए ।
कार्यक्रममा नेपाली सेनाको टोलीले सम्मान गारथ अर्पण गरेको थियो ।
फेसबुक प्रतिक्रियाहरु