होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बझाङमा एकै घरका ३ जना मृत फेला
समाचार

बझाङमा एकै घरका ३ जना मृत फेला

  • नागरिक रैबार
बझाङमा एकै घरका ३ जना मृत फेला

धनगढीः बझाङमा एकै घरका तीन जना मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमीका र तीन वर्षीय छोरा मोहित मृत फेला परेका हुन्। उनीहरु घरभन्दा डेढ सय मिटर परको बेडुँको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको उनले बताए।

मृतक महिलाका श्रीमान पुष्कर पार्की गएराति भारतबाट घर आएका थिए। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार