होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थाइल्याण्ड अन्तर्राष्ट्रिय बक्सिङमा पुनमलाई कास्य
समाचार

थाइल्याण्ड अन्तर्राष्ट्रिय बक्सिङमा पुनमलाई कास्य

  • नागरिक रैबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय बक्सिङमा पुनमलाई कास्य

काठमाडौं । थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ्ग खेलाडी पुनम रावलले कास्य पदक जितेकी छन् ।

वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले महिला ६० केजी तौल समूहमा फिलिपिन्सकी रिजा पसुइटसँग ३– २ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार ब्यहोरिन् । फाइनलमा रिजाले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण जितिन् ।

विज्ञापन

सन् २०१० मा दिपक महर्जनले जितेको कास्यपछि नेपालले थाइल्याण्ड ओपन बक्सिङमा पहिलो पटक पदक जितेको हो ।

फुकेटमा अघिल्लो दिन भएको खेलमा नेपालकी मिनु गुरुङ ५१ के.जी तौल समुहमा थाइल्यण्डका मुक्केवाज जुतामस जितपोङसँग पराजित भएकी थिइन् । नेपालका ६३ केजी तौल समूहमा भुपेन्द्र थापा, महिला ५७ केजीमा चन्द्रकला थापा र ४८ केजी तौल समूहमा सुस्मा तामाङले भाग लिएपनि पदक जित्न सकेनन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै