होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महाकाली सिँचाइ आयोजनाको १४ वर्षमा १२ प्रतिशत प्रगति, साढे ४ अर्ब खर्च
समाचार

महाकाली सिँचाइ आयोजनाको १४ वर्षमा १२ प्रतिशत प्रगति, साढे ४ अर्ब खर्च

  • नागरिक रैबार
महाकाली सिँचाइ आयोजनाको १४ वर्षमा १२ प्रतिशत प्रगति, साढे ४ अर्ब खर्च

वीरेन्द्र भट्ट धनगढीः महाकाली सिँचाइ आयोजनाअन्तर्गत भारततर्फको नहर निर्माणको काम अन्तिम चरणमा छ।

तर, नेपालतर्फ भने साढे १२ किलोमिटर मूल नहर निर्माणबाहेक अरू प्रगति हुन सकेको छैन। आर्थिक वर्ष २०६४/०६५ देखि नहर निर्माणको काम सुरु भएको थियो। नेपालतर्फ ब्रह्मदेवदेखि मुसेपानीसम्म साढे १२ किलोमिटर नहर निर्माण भएको छ। यो वर्ष मुसेपानीसम्म पानी पुगाउने लक्ष्य छ। त्यसकै लागि नेपाल–भारत सीमा क्षेत्रमा २५० मिटर नहर निर्माण सुरु भइसकेको छ।

नेदरल्यान्ड्स नेडिको नामक कन्सल्टेन्सीले २००१ मा गरेको सर्भेअनुसार आयोजनाको कार्ययोजना २० वर्षको र लागत अनुमान ११ अर्ब थियो। यो कार्ययोजनालाई आधार मान्ने हो भने नहर निर्माण सुरु भएको डेढ दशकको अवधिमा भौतिक प्रगति ७५ प्रतिशत हुनुपर्ने हो। तर न्यून बजेट, प्राविधकको अभाव, मुआब्जा विवादलगायतका कारणले आयोजनाले गति लिन नसकेको सरकारी दाबी छ।

विज्ञापन

अहिलेकै अवस्थामा काम हुने हो भने आयोजना सम्पन्न गर्न अझै ३५ वर्ष लाग्ने देखिन्छ। पछिल्लो गुरुयोजनाअनुसार महाकाली सिँचाइ आयोजना सम्पन्न गर्न ३५ अर्ब लगानी आवश्यक पर्ने देखिएको तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले बताए।

‘महाकाली सिँचाई आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनासँगै बजेट भाषणमै १० अर्ब बजेटको व्यवस्था गरेपछि निर्माण विगतका वर्षहरुको तुलनामा अपेक्षित रुपमा अघि बढेको छ,’ आयोजना निर्देशकले बमले भने। गत आर्थिक वर्षदेखि ५ वर्षसम्म पहिलो चरणमा १४ हजार २९० हेक्टर र त्यसपछिको अर्को ५ वर्षमा १९ हजार ३१० हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ।

त्यसैगरी अर्को ५ वर्षमा ५१ किलोमिटर नहरसँगै त्यसअन्तर्गतका शाखा उप–शाखाहरूको काम सक्नुपर्ने हुन्छ। आयोजनाको मूल नहर, शाखाहरू र उप–शाखाहरू निर्माणसँगै झन्डै एक हजार पुल, साइफनलगायत संरचना निर्माण गर्नुपर्नेछ। तर निर्माण सुरु भएको १४ वर्षमा १२ प्रतिशत मात्र प्रगति देखिनु नीति निर्माण तहमा बस्नेहरुकै लापरवाही र बर्सेनि आयोजनाको लागत मात्र बढ्दै गएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए।

‘राष्ट्रिय गौरवकै आयोजनाको त यस्तो हालत छ भन्ने अन्य विकास योजनामा कस्तोे दुरगती होला भन्ने विषयलाई देखाउँछ,’ उनले थपे। महाकाली सिँचाई आयोजनाअन्तर्गत २८ किलोमिटर मूल नहर क्षेत्रमा २२ वटा शाखाको डिजाइन इस्टिमेट र जमिन अधिग्रहणको काम बाँकी छ। जसबाट ५ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ।

अहिलेसम्म १६७ हेक्टर मात्रै जमिन अधिग्रहण भएको छ। चालू आर्थिक वर्षका लागि १ अर्ब १७ करोड बजेट सिचाई आयोजनाले प्राप्त गरेकोमा अहिलेसम्म २४ करोड मात्र खर्च गरेको छ। आयोजना निर्माणमा अहिलेसम्म ४ अर्ब ४८ करोड खर्च भइसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार