होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गरौं’
समाचार

‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गरौं’

  • नागरिक रैबार
‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गरौं’

काठमाडौं । सांसद लक्ष्मी कुमारी चौधरीले ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गर्ने’ प्रस्ताव राखेकी छन् । दलित सदस्य नभएर खाली भएका कारण उक्त पदमा अल्पसंख्यकलाई उठ्न दिनुपर्ने पनि उनको प्रस्ताव छ ।

मंगलबार प्रतिनिधिसभामा निर्वाचनमा महिला पुरुषको समान सहभागिता हुनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि समर्थन नजाउने क्रममा उनले यस्तो बताएकी हुन् ।

‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा अल्पसंख्यक उठ्न पाउने गरी पुनः निर्वाचन गर्नुपर्छ’ उनले भनिन् । सांसद लक्ष्मी परियार, अमृता थापा लगायतले पनि उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचनका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।

विज्ञापन

यसका लागि प्रचलित निर्वाचन ऐन संशोधन आवश्यक भएकाले त्यसमा ध्यान दिनुपर्नेमा पनि सांसदहरुको जोड रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार