संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमा हातपात भएको छ। बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्री कार्यकक्षमै जसपाका सांसद रामबाबु यादवले हातपात गरेका थिए।
आफ्नो क्षेत्रमा बजेट नहालेको भन्ने विषयमा विवाद बढ्दै गएपछि मन्त्रीमाथि हातपात गरेका थिए। सांसद यादवले हातपात गरेपछि मन्त्रीको सुरक्षा गार्डले जोगाएका थिए। मन्त्री श्रेष्ठको कार्यकक्षमा अन्य सांसदहरुसहित पुगेका यादवले अश्लिल गाली गलौच गरेका थिए। ‘उहाँहरुबीच सुरुमा राम्रै कुराकानी हुँदै थियो बजेटको विषयमा छलफल हुँदाहुँदै आफ्नो क्षेत्रको लागि उपयुक्त बजेट नछुट्याएकोमा सांसद यादव अलि आक्रोशित हुनुभयो उहाँले त मन्त्रीलाई हातपात नै गर्नुभयो,’ मन्त्रीको कार्यकक्षमा रहेका एक सहभागीले भने।
मन्त्री श्रेष्ठ जसपाबाट सरकारमा सहभागी छन्। उनलाई हातपात गर्ने सांसद पनि जसपाकै हुन्। केही दिनदेखि मन्त्री परिवर्तनको विषयलाई लिएर जसपाभित्र विवाद भैरहेको छ।
फेसबुक प्रतिक्रियाहरु