होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय चुनावमा एमालेभन्दा एक लाख ७५ हजार बढी मत ल्याएको कांग्रेसको दाबी
समाचार

स्थानीय चुनावमा एमालेभन्दा एक लाख ७५ हजार बढी मत ल्याएको कांग्रेसको दाबी

  • नागरिक रैबार
स्थानीय चुनावमा एमालेभन्दा एक लाख ७५ हजार बढी मत ल्याएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावमा नेकपा एमालेले भन्दा एक लाख ७५ हजार ७६ मत बढी ल्याउँदै पहिलो पार्टी बनेको बताएको छ।

स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गत अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले आज समिति संयोजक पूर्णबहादुर खड्कालाई बुझाएको प्रतिवेदनमा कांग्रेसले चुनाव भएका ७५२ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको उल्लेख छ। बाजुराको बूढीगंगा नगरपालिकामा भने चुनाव हुन बाँकी छ।

कांग्रेसले ४४ प्रतिशत पालिकामा प्रमुख जितेको बताएको छ।अहिलेसम्म चुनाव भएका सात हजार ६ सय ३३ वडामध्ये दुई हजार छ सय ६५ वडाध्यक्ष जितेको कांग्रेसको भनाइ छ।

विज्ञापन

कांग्रेसले स्थानीय चुनावमा वडा अध्यक्षले ल्याएका मतलाई आधार मानेर एमालेभन्दा बढी मत ल्याएको बताएको छ।कांग्रेसले ३८ लाख ८३ हजार एक सय ३८ मत ल्याएको बताएको छ।जुन नेकपा एमालेका वडा अध्यक्षहरूले पाएको मतभन्दा एक लाख ७५ हजार ७६ मत बढी हुन आउने प्रतिवेदनमा उल्लेख छ।

सातै प्रदेशमा अरू दलभन्दा कांग्रेस अगाडि रहेको पाइएको पनि पौडेलले बताए। बागमती र कर्णाली प्रदेशमा एमालेभन्दा दोब्बर संख्यामा प्रतिनिधि जितेको दाबी कांग्रेसको छ। ०७४ मा कांग्रेसले स्थानीय तह चुनावमा २६६ पालिका प्रमुख जितेको थियो।कांग्रेसले २९८ पालिकामा भने उम्मेदवारी नै नदिइएको बताएको छ। ३२४ ठाउँमा स्थानीय चुनावमा सत्ता गठबन्धनबीच कांग्रेसले गठबन्धन गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार