होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पक्राउ परेका बञ्चरेडाँडाका स्थानीय रिहा भए
समाचार

पक्राउ परेका बञ्चरेडाँडाका स्थानीय रिहा भए

  • नागरिक रैबार
पक्राउ परेका बञ्चरेडाँडाका स्थानीय रिहा भए

काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका स्थानीय रिहा भएका छन् ।नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा बुधबारदेखि नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको हो ।

प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडेको नुवाकोटका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले  जानकारी दिए ।

कार्कीका अनुसार आन्दोलनकारीहरुले प्रहरी माथि हातपात र फोहोर बोकेका सवारी साधन तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

विज्ञापन

यता बञ्चरेडाँडाका स्थानीयहरुले अब प्रधानमन्त्रीसँग नै वार्ता गर्ने तयारी भएको बताएका छन् । स्थानीय समिर ढुंगाना भन्छन्, ‘प्रधानमन्त्री कार्यालयबाट वार्ता गर्ने भनेर खबर आएको छ । आज गाउँ सुनसान छ । प्रहरीको गाडी र फोहोरको गाडी दुवै आएका छैनन् । हिजोको गाडीहरुले सडकमै फोहोर फालेर गएकोले सडकहरु पनि अवरुद्ध छन् ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार