काठमाडौँ: काठमाडौं महानगरपालिकामा नेकपा एमालेतर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले आफूलाई भोट नहाले नर्कमा पुग्ने अभिव्यक्ति दिएका छन्।
सोमबार काठमाडौंको त्रिपुरेश्वर–११ वंशिघाटमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले भने, ‘यो ठाउँको असजिलो पर्दा म अगाडि उभिएको हुँ, यहाँ मेरो अधिकार पनि लाग्छ। यहाँका कोही दाजुभाइले मलाई भोट हालेन भने त्यो मान्छे नर्कमा जान्छ।’
भोट नहाल्दा तिमी बेठीक हुन्छौं भन्ने सन्देश दिनका लागि जनताले बुझ्ने भाषामा नर्कमा जान्छौ भनेर भनेको स्थापितले प्रष्ट पारेका थिए।
फेसबुक प्रतिक्रियाहरु