होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘फ्याउरे वादी, कुकुर कामी र कुकुरनी कामी लेख्ने हाकिमको हात किन नभाच्ने ?’
समाचार

‘फ्याउरे वादी, कुकुर कामी र कुकुरनी कामी लेख्ने हाकिमको हात किन नभाच्ने ?’

  • नागरिक रैबार
‘फ्याउरे वादी, कुकुर कामी र कुकुरनी कामी लेख्ने हाकिमको हात किन नभाच्ने ?’

राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले विभिन्न जिल्लाका नागरिकहरुलाई नागरिकता दिने क्रममा पशुको जस्तै व्यवहार गरेर राखिएका नामहरू सच्याउन माग गरेका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा सुनारले केही जिल्लामा नागरिकतामा भएका नामहरू उल्लेख गर्दै मान्छेलाई मान्छेले गर्ने व्यवहार विपरित अपमानजनक ढंगले नागरिकतामा नाम राखिएकाले त्यस्तो नाम राखेर नागरिकता जारी गर्ने हाकिमको हात किन नकाट्ने भन्दै प्रश्न गरे ।

‘मान्छेले मान्छेलाई कति विधिसम्म अपमान गर्दोरहेछ र गर्दै आइरहेको रहेछ भन्ने केही जिल्लाको नमूना तथ्य प्रस्तुत गर्छु’, सुनारले बैठकमा भने, ‘दैलेखको दुल्लु नगरपालिका १ निवासी कुलबहादुर वादीको नागरिकताको नामा फ्याउरे वादी । मान्छेलाई फ्याउरेवादी नाम राखेर नागरिकता दिने हाकिम मेघनाथ पाध्य ।’

सुनारले अर्को उदाहरण पनि पेश गरे । उनले प्रश्न गर्दै भने, ‘दैलेखकै नारायण नगरपालिका १० का ६५ बर्षे नागरिकको नागरिकताको नाम सिंगाने कामी । सिंगाने कामी नाम राखेर नागरिकता दिने सरकारी कर्मचारी को हो ?’

विज्ञापन

सदस्य सुनारले तेस्रो प्रमाण पनि प्रस्तुत गरे । ‘रुकुमपश्चिम आठविस नगरपालिका ३ का ६१ वर्षका मानिसको नाम कुत्ता वादी । नागरिकता दिने त्यो बेलाका हाकिम दयाराम शर्मा’, उनले दैलेखकै अर्को उदाहरण प्रस्तुत गरे । उनले भने, ‘मेघलटोली गाउँ पञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा बनेको एक नागरिकको नागरिकताको नाम कुकुर कामी । जो उसका परिवारले कविराम कामी भन्दाभन्दै कुकुर कामी भनेर लेखिदिए ।’ त्यस्तै बागलुङ ताराखोला गाउँपालिका ४ का हस्तबहादुर कामीको श्रीमती सावित्रीको नाम कुकुर्नी कमिनी राखिएको भन्दै आक्रोश पोखे ।

‘के यस्तो पनि नागरिकता हुन्छ ? यस्तो पनि लेख्न मिल्छ ? ती हाकिमहरू, फटाहाहरु एकथरी मानिसलाई कति घृणा गर्न उद्यत हुँदारहेछन ? नागरिकता लिन जाँदा केरकार र सोधखोज गर्छन् । तर ती दूरदराजका जनताको नाम त्यस्तो लेख्न मिल्छ ?’, उनले राज्यलाई प्रश्न गरे । ‘त्यसरी अपमानपूर्वक नागरिकतामा सहि गर्ने हाकिमको हात भाँच्नुपर्छ कि पर्दैन ? यसको जिम्मेवार को ?’, प्रश्नको बर्षा गर्दै उनले यस्ता नागरिकता सच्याउन गृहमन्त्रालयलाई अनुरोध गरे । ‘यो तुरुन्त सच्याइनुपर्छ’, सांसद सुनारको भनाइ छ ।
उनले राष्ट्रिय दलित आयोगले र दलित सम्बन्धी संघ–संस्थाले पनि खोजतलास गर्न नसकेको भन्दै गुनासो गरे । उनले विभिन्न बहानामा नियमले मिल्दैन भनिन्छ भने ती ऐन सबै च्यात्नुपर्ने समेत बताए । ‘मान्छेले मान्छेलाई नै यसरी अपमान गर्न मिल्छ । सामन्ती राज्य व्यवस्थाका हाकिमहरू एकथरी मान्छेलाई कति घृणा गर्दा रहेछन् भन्ने यी उदाहरण हुन् त्यो तोड्नुपर्छ’, उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ६ दिन अगाडि

भर्खरै