होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
समाचार

थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

७४ जिल्लामा सक्रिय संक्रमित, हुम्ला, कालीकोट र मुस्ताङमा शून्य संक्रमित

  • नागरिक रैबार
थप ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारको तुलनामा सोमबार संक्रमण संख्या बढेको हो । आइतबार ५५३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा २ हजार ८ सय ६२ पीसीआर र २ हजार ४ सय ८९ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४९८ र एन्टिजेन परीक्षणबाट ४३६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ७१ पुगेको छ । त्यस्तै अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ पुगेको छ ।

विज्ञापन

उपत्यकामा संक्रमण बढ्दै

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ । त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा सक्रिय संक्रमितको संख्या ९७ र ललितपुरमा ७ सय ९२ पुगेको छ ।

सोमबारसम्म ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा काठमाडौं र ललितपुर रहेका छन् भने कास्की र मोरङमा २ सयभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मुस्ताङ, कालीकोट र हुम्ला रहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार ७४ जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।

उपत्यकाका विभिन्न अस्पतालमा ८१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १४ जना जनरल वार्डमा, ३९ जना एचडीयूमा, ३४ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा छन्

नेपालमा पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय ३४ मात्रा कोरोना खोप लगाइएको छ । अहिलेसम्म नेपालमा ४ करोड ९६ लाख ९ हजार ६ सय ९० मात्रा खोप लगाइएको छ । त्यसमध्ये २ करोड १६ लाख १० हजार ६ सय ७७ जनाले एक मात्रा, २ करोड ६ लाख ३६ हजार ८ सय ४४ जनाले पूर्ण मात्रा र ७३ लाख ६२ हजार १ सय ६९ जनाले अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै