होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आइफोन १४ भारतमै उत्पादन सुरु गर्दै एप्पल
समाचार

आइफोन १४ भारतमै उत्पादन सुरु गर्दै एप्पल

  • नागरिक रैबार
आइफोन १४ भारतमै उत्पादन सुरु गर्दै एप्पल

काठमाडौं, २३ साउन । अब भारतमै स्मार्ट आइफोन १४ को उत्पादन हुने भएको छ । एप्पलले सेप्टेम्बरमा ल्याउन लागेको नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादनसँगै आपुर्ति पनि भारत र चीनबाट गरिने एक रिपोर्टले जनाएको छ ।

भारतमा अहिलेसम्म आइफोन ११, १२ र १३ को उत्पादन भइरहेको छ भने अब आइफोन १४ पनि उत्पादन हुने भएको हो ।

भारत र चीन दुवै देशबाट पहिलो पटक नै आइफोन १४ आपुर्ति सुरु गर्ने बताइएको छ । एप्पलले चीनसँगै भारतबाट पनि हाइइण्ड फोनको उत्पादन तथा आपुर्ति सुरु गर्ने जनाइएको छ ।

विज्ञापन

एप्पलले आगामी सेप्टेम्बरमा आइफोन १४ सिरिजका आइफोन सार्वजनिक गर्दैछ । आइफोन १४ को मुल्य सुरुमा ८९९ डलर हुने स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै