होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिकाकाे दर्शन गर्न सरकारी टोली प्रस्थान
Breaking News

बडीमालिकाकाे दर्शन गर्न सरकारी टोली प्रस्थान

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिकाकाे दर्शन गर्न सरकारी टोली प्रस्थान

नागरिक रैबार/ २३ साउन बाजुरा । बाजुराको धार्मीक आस्थाको धरोहर बडिमालिका पुजामा जाने सरकारी टोली सदरमुकाम मार्तडीबाट सरकारी डोल सहित प्रस्थान गरेको छ । बडिमालिका जान सदरमुकाम मार्तडी प्रमुख जिल्ला अधिकारी सहितको टोलीले प्रस्थान गरेको हो । बडीमालिको दर्शनका लागी तीर्थमा निस्केको सरकारी टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले सलामी अर्पण गरी बिदाई गरेको छ । चार दिन सम्म निरन्तर पैदल हिडेपछी चतुरदर्शीका दिन बडिमालिका मन्दिरमा बिशेष पुजाआजा सहितको मेला लाग्ने गर्दछ ।

May be an image of 9 people, people standing and outdoors

यस बर्ष बडिमालिका नगरपालिकाद्धारा बडिमालिका यात्रा बर्ष २०७९ को रुपमा योजना बनाएर तयारी गरेको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । बडिमालिका यात्रा बर्ष योजनाका साथै बाटोमा बस्नका लागि त्रिपालहरुको ब्यस्था अस्थायी चर्पीको ब्यबस्थापन गर्न नगरपालिकाले एक हप्ता अगाडीबाट स्वयम सेवक पठाएर कार्य थालिसकेको प्रबक्ता पाध्याले बताएका छन ।

बाजुराका धार्मीक धरोहरका रुपमा रहेका बडिमालिका र बुढिनन्दा धार्मीक पिठमा साउन पूणिर्माकाे अघिल्लो दिन चर्तुदशीको दिन पुजाआजा हुने गर्दछ ।

विज्ञापन

May be an image of 14 people, people standing, military uniform and outdoors

सो मेला भर्न जाने श्रदालु भक्तजन त्यस ठाउँतिर केही दिन अघि देखी नै जान सुरु गरेका थिए।  यस बर्ष साउन २६ गते बडिमालिका र बुढिनन्दामा पुजा लाग्ने भएको छ । पुजा गर्नुका साथै त्यँहा घुम्न जाने यात्रुहरुका साथै तिर्थालु भक्तजनहरु केही दिन पहिले देखी नै प्रस्थान गरिसकेको बडिमालिका पुजा ब्यस्थापन समितिले जनाएको छ ।
May be an image of 8 people, people standing and outdoors

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै