होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदेशका योजना छनोटमा आर्थिक चलखेल हुन्छ भन्ने सुन्दा आश्चर्य लाग्योः जोशी
समाचार

प्रदेशका योजना छनोटमा आर्थिक चलखेल हुन्छ भन्ने सुन्दा आश्चर्य लाग्योः जोशी

  • नागरिक रैबार
प्रदेशका योजना छनोटमा आर्थिक चलखेल हुन्छ भन्ने सुन्दा आश्चर्य लाग्योः जोशी
फाइल तस्विर

अछामः सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले योजना छनोटमा आर्थिक चलखेल हुन्छ भन्ने सुन्दा आश्चर्य लागेको बताएका छन्। अछाम सदरमुकाम मङ्गलसेनमा बिहीबार आयोजित पत्रकारसँगको भेटघाटमा प्रदेश प्रमुख जोशीले योजना छनोटमा आर्थिक चलखेल हुने गरेको भन्ने गुनासो सम्बन्धमा आवश्यक कारबाही गर्ने बताएका हुन्।

सुदूरपश्चिम प्रदेशका योजनाको छनोट आर्थिक चलखेलका आधारमा हुने गरेको भन्दै कार्यालय प्रमुख र सञ्चारकर्मीले प्रश्न उठाएका थिए। प्रदेश प्रमुख जोशीले भने, “म यहाँबाट गएर स्पष्टीकरण सोध्ने वा सचेत गराउने कुरा गर्छु।” प्रदेश मातहतका कार्यालयबाट गएका, जनप्रतिनिधिका योजना नआएको र आर्थिक चलखेलका योजना छनोट भएको विषयमा छलफलमा प्रश्न उठेको थियो।

योजना वितरणका विषयमा यसअघि मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधेको स्मरण गर्दै प्रदेश प्रमुख जोशीले मुख्यमन्त्री र मन्त्रीलाई सचेत गर्ने र स्पष्टीकरण गर्ने अधिकारबाहेक योजना छनोटमा आफ्नो कुनै भूमिका नरहने स्पष्ट पारे।दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार