बाजुरा २४ असार
बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको चुनावको मतगणना अहिले सुरु भएकाे छ । बिहान ११ बजेदेखि नै मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे भएपनि केही समय ढिलाइ गरि मतगणना सूरू भएकाे हाे । अहिले शान्तिपूर्ण रुपमा मतगणना भएकाे निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए ।
बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ७५ प्रतिशत मतदान भएको थियो । बूढीगङ्गाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु