होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • बझाङकी सांसदले मागिन् गृहमन्त्रीको राजीनामा
समाचार

बझाङकी सांसदले मागिन् गृहमन्त्रीको राजीनामा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बझाङकी सांसदले मागिन् गृहमन्त्रीको राजीनामा

धनगढीः बालिकाको सुरक्षा दिन नसकेको भन्दै नेकपा एमालेकी सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेकी छिन्। बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद विकले देशमा बढेका जघन्य अपराधमा टुलुटुलु हेरेर बसेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेकी हुन्।

सुर्खेतमा सात वर्षकी बालिका मृत फेला परेकी छिन्, स्कुल हिँडेका बालिका घर फर्किन सकेका छैनन्। बाँकेमा बालिकामाथि सामुहिक बलात्कार भएको छ। यस्तो जघन्य अपराधलाई टुलुटुलु हेरेर बस्ने, जनतालाई शान्ति सुरक्षा गर्न नसके गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ विकले भनिन्।

शून्य सममै सांसद गंगा चौधरी सत्गौवाले पनि शान्ति सुरक्षा दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरिन्। विक बझाङबाट प्रतिनिधित्व गर्ने एमाले सांसद हुन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै