नागरिक रैबार
बाजुरा २५ बैशाख
बाजुरा जिल्लाका सरकारी कार्यालयका कामहरु भोलीबाट ३० गतेसम्म नहुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै जिल्लाका सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु २६ देखि ३० गते सम्म स्थगन गरिने बताएको छ ।
स्थानीय तहको निर्वाचनमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरु खटिनु पर्ने भएकाले जिल्ला प्रशासन लगायतका सम्पूर्ण सरकारी कार्यालयमा भोलीबाट अत्यावश्यक बाहेकका सेवाहरु प्रबाह नहुने बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु