नागरिक रैबार/बाजुरा २२ भदौ।सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपककुुमार कार्कीले बाजुरा जिल्ला अदालतको अनुगमन तथा निरिक्षण गर्नु भएको छ ।
बुधबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत पहिलो पटक बाजुरा आउनु भएका कामु प्रधानन्यायधीस कार्कीले बाजुरा जिल्ला अदालतको अनगुमन तथा निरिक्षण गर्नु भएको हो ।
बाजुरा जिल्लाका जिल्ला न्यायाधीश दाताराम पौडेलका अनुसार कामु प्रधान न्यायाधीश कार्कीले बाजुरा जिल्ला अदालतको भौतिक संरचना र मुद्धाहरुको निरिक्षण सहित आवश्यक निर्देशन गरेका छन् ।
बाजुरा जिल्ला अदालतको निरिक्षणपछि कामु प्रधानन्याधिससहितको टोली बझाङ जिल्ला अदालतको भवनको सिलान्यास गर्ने गरी बाजुराबाट प्रस्थान भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताएका छन् । टोलीमा सर्वोच्चका मुख्य रजिष्टार नारायण पन्थी, सह-रजिष्टार बावराम दाहाल लगायतको सहभागिता छ ।
फेसबुक प्रतिक्रियाहरु