होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • अमेरिका र चीनबीच चन्द्रमामा लडाइँ !
सूचना-प्रविधि

अमेरिका र चीनबीच चन्द्रमामा लडाइँ !

  • नागरिक रैबार
अमेरिका र चीनबीच चन्द्रमामा लडाइँ !

काठमाडौं । आगामी दिनमा चन्द्रमामा जाने अन्तरीक्ष यात्रीहरु कहाँ उत्रिन्छन् होला ? अब यहीँ विषयमा अमेरिका र चीनबीच लडाइँ हुनेवाला छ । यहीँ सेप्टेम्बर महिनाको सुरुमा अमेरिकी अन्तरीक्ष संस्था नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकैका यस्ता १३ वटा स्थानको सूचीलाई अन्तिम रुप दिएको छ । तर तीमध्ये तीनवटा स्थान यस्ता छन् जसको आसपास वा त्यहीँ ठाउँमै चीनले आफ्नो अन्तरीक्षयान अवतरण गराउन चाहन्छ । आगामी ३ वर्ष भित्रमा चन्द्रमामा मानिस पठाउने योजना नासाको छ । यसका लागि नासाले तीव्र रुपमा तयारी अगाडि बढाइरहेको पनि छ ।

नासाले अर्टेमिस थ्री मिसन अन्तरगत चन्द्रमामा अन्तरीक्षयात्री पठाउनेछ । यसका लागि स्पेस लन्च सिस्टम अर्थात् एसएलएस रकेट तथा ओरियन स्पेसक्राफ्ट आवश्यक पर्नेछ ।

हालै एक चिनिया जर्नलमा प्रकाशित भएको समाचार अनुसार चीनको चाङ्ग इ ५ लूनर मिसनका कमान्डर झाङ्ग ही र अन्य अन्तरीक्षयात्रीले चन्द्रमाका यस्ता दशवटा अन्य क्षेत्र पहिचान गरेका छन् जहाँ अन्तरीक्षयत्रीलाई अवतरण गराउन सकिन्छ ।

विज्ञापन

ती दशमध्ये ३ वटा ठाउँ यस्ता छन् जहाँ अमेरिका र चीन दुबैले अन्तरीक्षयान अवतरण गराउने भने पहिचान गरिएका छन्।

नासाको अर्टेमिस थ्री र चीनको चांग ई सेभेन मिसन दुबैले छनोट गरेका ठाउँहरु श्याक्लेटन, हावर्थ र नोबाइल क्रेटर क्षेत्र हुन् ।

चीनको चांग ई सेभेनको नाम चिनिया भाषामा चन्द्रमाकी देवी भन्ने हुन्छ । त्यसमा कुनै मानिस भने पठाइनेछैन । यसमा एउटा अर्बिटर, ल्याण्डर, मिनी प्रोब र रोबर हुनेछन् । आगामी दुई वर्षभित्रमा यो मिसनलाई चन्द्रमामा प्रक्षेपण गर्ने योजना चीनको छ ।

Space wars? NASA and China are eyeing some of the SAME landing sites near the moon’s south pole https://t.co/ha1JBLn9jk

— Daily Mail Online (@MailOnline) September 1, 2022

ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद चलिरहेको छ । तथापि चीन र अमेरिकाबीच अन्तरीक्षका विषयमा छलफल गर्न एक कमिटी बनेको छ । जसको नाम युएस चाइना सिभिल स्पेस डाइलग हो ।

यो समितिको बैठक अन्तिम पटक सन् २०१७ मा बसेको थियो । यसमा दुबै देशका कर्मचारी, अन्य सरकारी अधिकारी तथा वैज्ञानिकहरुले आ आफ्ना अन्तरीक्ष सम्बन्धी जानकारीहरु बाँड्नेछन् र समस्याको समाधान पहिल्याउने प्रयास गर्नेछन् ताकि कुनैपनि प्रकारको समस्या नआओस् ।

अमेरिकाले छानेका १३ स्थान

नासाले आगामी दिनमा चन्द्रमामा अन्तरीक्षयात्री उतार्नका लागि पहिचान गरेका १३ वटा स्थानमा फस्टिनी रिम ए, श्याक्लेटन, कनेक्टिंग रिज, कनेक्टिंग रिज एक्सटेन्सन, डी जर्लेस रिम १, डी जर्लेस रिम २, डी जर्लेस कोसर म्यासिफ, ह्यावोर्थ, मालापर्ट म्यासिफ, लिबनिट्ज बिटा प्लाटू, नोबिल रिम १, नोबिल रिम २ तथा एमन्डसेन रिम हुन् ।

NASA अपने मून मिशन Artemis 1 की लॉन्च की तैयारी करके बैठा है पर कुछ न कुछ दिक्कत हो रही है.

यी सबै नाम कुनै न कुनै वैज्ञानिक वा दर्शनशास्त्रीको नामबाट राखिएको छ । यी सबै ठाउँ अवतरणका लागि उपयुक्त छन् । त्यहाँ अन्तरीक्षयात्रीहरु अधिक सुरक्षित हुनेछन् । त्यहाँको तापक्रम पनि उपयुक्त छ । नासाको आर्टेमिस मिसन अन्तर्गत जाने अन्तरीक्षयात्रीहरुले चन्द्रमामा एक हप्ता बिताउनेछन् । एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार