होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एमाले बाजुरालाई उम्मेदवार छनौटमा सकस
समाचार

नेकपा एमाले बाजुरालाई उम्मेदवार छनौटमा सकस

  • नागरिक रैबार
नेकपा एमाले बाजुरालाई उम्मेदवार छनौटमा सकस

नागरिक रैबार/बाजुरा २१ भदौ।  नेकपा एमाले बाजुराले आसन्न मसिंर ४ गते हुने संघ र प्रदेशको निर्बाचानका लागि उम्मेदवार छनौटमा सकस भएको छ । मंसिर ४ को संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा एमाले बाजुराका शिर्ष नेताहरु जिल्ला केन्द्रीत बनेका छन्। सोमबार देखी बसेको एमाले जिल्ला कमिटिको बैठकबाट कुनै टुुगोँमा नपुगेको र मंगलबार पुन: ११ बजे बैठक बस्ने नेकपा एमाले प्रचार बिभाग प्रमुख काशी विकले बताए । एमालेका केन्द्रीय सदस्य र अन्य जिल्ला तहका शिर्ष नेताहरु बाजुरामा उम्मेदवार छनौटका लागि बाजुरा पुगेका भएका भए पनि कनै टुगोँ लगाउन सकिरहेका छैनन् ।

साेमबार विहान प्रदेश निर्वाचन क्षेत्र कमिटीको बैठक बसेर दिउँसो जिल्ला कमिटीको बैठक बसेको भए पनि कुनै टुगोँ नलागेको प्रचार बिभाग प्रमुख विकले बताएका छन्। एमाले भित्र पनि संघ र प्रदेशको उम्मेदवार छनोटमा सकस भएकाे देखिन्छ। अहिलेसम्म कुनै पदमा पनि एकल उम्मेदवार रहने अवस्था नरहेको नेताहरुले बताएका छन्।

जिल्ला तहबाट आकाक्षा राख्ने सबै नेताहरुको नाम माथिल्लो कमिटीमा सिफारिस गर्ने गरि छलफल अघि बढेको पार्टी सचिव भरत थापाले बताएका छन्। सकेसम्म सहमतिका लागि प्रयास रहन्छ, उहाँहरु आफैले पनि एक अर्का बीच छलफल र समझदारी गर्नु हुन्छ, अन्तिममा सहमति नजुटेको अवस्थामा प्रदेश र केन्द्रलाई सिफारिस गरिने सचिव थापाले बताए।

विज्ञापन

एमालेमा प्रतिनिधी सभाका लागि कणर्बहादुर थापा र लालबहादुर थापा आकांक्षी देखिएका छन् भने प्रदेशका लागि सहदेव बोगटी, बल्देव रेग्मी, रंगमान शाही, मनबहादुर विष्ट र मेघराज शाहीको सिफारिस गरिएको छ। प्रदेश ख मा प्रकाश शाह, लालबहादुर ओली, मिनबहादुर विष्ट, भरत बुढा लगायतले आकांक्षा राखेका छन्।

एमाले केन्द्रीय सदस्य दयालबहादुर शाही, बसुन्धरा रोकाया, पेम्बा गुरुग भोटे, काशी विक, सृष्टी रेग्मी, मन्देवी ओली, राजबहादुर गिरी, लालबहादुर खड्का लगायतले समानुपातिकतर्फ आकाक्षी देखाएका छन्। चर्चामा रहेका नामहरु मध्येबाटै पार्टी जिल्ला कमिटीले आकांक्षाका आधारमा प्रदेश र केन्द्रीय कमिटीलाई सिफारिस गर्ने जनाएकाे छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार