होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालिका बलात्कार अभियोगमा पन्ध्र वर्ष कैद
समाचार

बालिका बलात्कार अभियोगमा पन्ध्र वर्ष कैद

  • नागरिक रैबार
बालिका बलात्कार अभियोगमा पन्ध्र वर्ष कैद

काठमाडाैँ – बोल्न नसक्ने १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा आज एक व्यक्तिलाई १५ वर्ष कैद सजाय भएको छ ।जिल्ला न्यायाधीश इश्वरमणि ओझाको इजलाशले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशारामलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको हो । उनलाई कैद सजायका साथै पाँच लाख क्षतिपूर्ति भराउने फैसलासमेत भएको जिल्ला अदालतका सूचना अधिकारी भरतमणी पोखरेलले जानकारी दिए।

गाईवस्तु चराउन गएकी बालिकालाई अमसोत नदीको किनार रहेको झाडीमा आरोपितले २०७७ जेठ १ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । ।

बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेलाई बोलाएर आरोपितलाई नियन्त्रणमा लिई प्रहरी चौकी पकरीको जिम्मा लगाएको थियो । जिल्ला अदालतको आदेशमा २०७७ जेठ २६ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार