होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुरामा एमालेबाट बोहरा सिफारिस, प्रदेशमा को-को ?
समाचार

डडेल्धुरामा एमालेबाट बोहरा सिफारिस, प्रदेशमा को-को ?

  • नागरिक रैबार
डडेल्धुरामा एमालेबाट बोहरा सिफारिस, प्रदेशमा को-को ?

धनगढीः डडेल्धुरामा नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ। मंसिर ४ गतेका लागि घोषणा गरिएको संसदीय निर्वाचनका लागि जिल्ला कमिटीको बैठकले आकांक्षी उम्मेदवारहरु सिफारिस गरेको हो।

सिफारिस हुनेमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पठानसिंह बोहरा रहेका छन्। यस्तै प्रदेश (क) मा चक्रप्रसाद स्नेहि र (ख) मा गजेन्द्रबहादुर शाही सिफारिस भएका छन्। प्रतिनिधि सभामा सिफारिस भएका बोहरा सुदूरपश्चिम प्रदेश सभाका सांसद पनि हुन्। उनी यसअघि सुदूरपश्चिममा भौतिक पूर्वाधार विकास मन्त्री समेत भएका थिए। उनले २०७४ सालको निर्वाचनमा डडेल्धुरा प्रदेशसभा (क) बाट चुनाव जितेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार