होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीमा एकदिने अनुशिक्षण गोष्ठी सम्पन्न
समाचार

मार्तडीमा एकदिने अनुशिक्षण गोष्ठी सम्पन्न

  • नागरिक रैबार
मार्तडीमा एकदिने अनुशिक्षण गोष्ठी सम्पन्न

नागरिक रैबार/बाजुरा २२ जेठ। बाजुराको सदरमुकाम मार्तडीमा एक दिने अनुशिक्षण गोष्ठी सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आयोजना र सुदूरपश्चिम प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिसदको कार्यालय धनगढीको आर्थिक सहयोगमा उक्त १ दिने अनुशिक्षण गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठिमा बडीमालिका नगरपालिलकाका कार्यपालिका सदस्यहरुलाई लैगिंक समानता तथा समावेशीकरण रणनितिक योजना तर्जुमाका बारेमा जानकारी गराईएको छ ।

नगरपालिकाले असार १० गते ल्याउन लागेको २०७९/८० को निति तथा कार्यक्रममा नगरपालिका भित्र लैगिंक समानता, समावेशीकरणलाई प्राथमिकतामा राख्नका कार्यपालिकाका सदस्यहरुले कसरी योजना तर्जुमा बनाउने भन्ने विषयमा कार्यपालिकाका सदस्यहरुलाई अनुशिक्षण गराईएको कार्यक्रमका प्रशिक्षक तथा मानव अधिकारकर्मी मदनराज जैशीले बताएका छन् ।

विज्ञापन

कार्यक्रममा लैगिंक समानता तथा समावेशीकरण रणनितिक योजना तर्जुमा तयार गर्दा लागु गर्ने निति तथा कानुनका बारेमा अधिवक्ता हर्क खडायतले प्रशिक्षण गरेका थिए । त्यसैगरी गैरसरकारी संस्था महासंघ बाजुराका अध्यक्ष कृष्ण अधिकारीले बडीमालिकाको आगामी बजेटमा लैगिंक समानता र समावेशीकरण र योजना तर्जुमा कसरी बनाउने बारे प्रशिक्षण गरेका थिए ।

बडीमालिकाका नगरप्रमखको अमरबहादुर खड्काको अध्यक्षतामा संचालन गरिएको उक्त अनुशिक्षण गोष्ठिमा बडीमालिकाका वडा अध्यक्षसहित कार्यपालिलकाका सदस्यहरु र पत्रकार लगायतको सहभागिता रहेको थियो । अनुसिक्षण गोष्ठीको समापन कार्यक्रम नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार