होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देउवाको मन्त्रिपरषद्‌मा अर्का गैरसांसदको प्रवेश हुँदै
समाचार

देउवाको मन्त्रिपरषद्‌मा अर्का गैरसांसदको प्रवेश हुँदै

  • नागरिक रैबार
देउवाको मन्त्रिपरषद्‌मा अर्का गैरसांसदको प्रवेश हुँदै

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्‌मा अर्का गैरसांसद मन्त्री बन्न लागेका छन् । नेकपा (एकीकृत समाजवादी)ले गैरसांसद शेरबहादुर कुँवरलाई मन्त्री बनाउनका लागि सिफारिस गरी प्रधानमन्त्री देउवासमक्ष पठाएको छ ।

सत्तारुढ एकीकृत समाजवादीले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो । त्यसरी प्रधानमन्त्री देउवालाई बुझाइएका मन्त्री बन्नेहरूको सूचीमा संघीय सांसद नरहेका अछामका कुँवर पनि छन् । एकीकृत समाजवादीले कुँवरलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरेको हो ।

कुँवर यसअघि राष्ट्रिय सभा सदस्य थिए । उनले गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा गरेका थिए । कुँवर एकीकृत समाजवादीका केन्द्रीय नेता हुन् ।

विज्ञापन

एकीकृत समाजवादीको सचिवालय बैठकले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीलाई सहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्री बनाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई फिर्ता बोलाएर राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई बढुवा गरिएको छ ।

देउवा मन्त्रिपरिषद्‌मा यसअघि नै गैरसांसद मन्त्री बनेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला गैरसांसदका रूपमा मन्त्री छन् ।

संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था छ । ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै पनि व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ,’ संविधानको उक्त धारामा लेखिएको छ, ‘मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्छ ।’ उक्त अवधिभित्र सांसद बन्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर ती व्यक्ति पुनः मन्त्रीमा नियुक्त हुन अयोग्य हुने संविधानमा व्यवस्था छ ।

देउवाको नेतृत्वमा रहेको सरकारमा गोविन्दप्रसाद शर्मा कोइराला चैत अन्तिम साता मन्त्री भएका थिए । त्यसअघि देउवाले सांसद नरहेका गजेन्द्र हमाललाई मन्ती बनाएका थिए । हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सिफारिसमा हमाल मन्त्री भएको भन्ने विषयले विवाद भएपछि उनले राजीनामा दिएका थिए ।

संघीय संसद् राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८ सांसद् छन् । त्यस्तै, प्रतिनिधिसभामा २३ सांसद रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै