होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नगरप्रमुख खड्का जुटे मार्तडी बजारको सरसफाई अभियानमा
समाचार

नगरप्रमुख खड्का जुटे मार्तडी बजारको सरसफाई अभियानमा

  • नागरिक रैबार
नगरप्रमुख खड्का जुटे मार्तडी बजारको सरसफाई अभियानमा

नागरिक रैबार/बाजुरा २२ जेठ।बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्का सदरमुकाम मार्तडी बजारको सरसफाई गर्न आफै मैदानमा खटिएका छन् ।

सदरमुकाम मार्तडी बजारलाई सफा र सुन्दर बनाउन नगरपालिकाको पहिलो बैठकले गरेको निणर्य अनुसार नगर प्रमुख खड्का आईतबार दिउसो सदरमुकाम मार्तडी बजारको सरसफाईमा खटिएका हुन् ।

नगरपालिकाले पहिलो चरणमा मार्तडी बजारलाई सफा र व्यवस्थित बनाउने निणर्य गरेको थियो । सोही निणर्यलाई कार्यान्वयन गर्न नगर प्रमुख खड्का बजारमा यत्रतत्र देखिएको फोहोरलाई संकलन गरेर व्यवस्थापन गर्न लागेका हुन् ।

विज्ञापन

विश्व वातावरण दिवसको अवसर पारेर बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने गरी सरसफाई कार्यक्रमको आज सुभारम्भ गरेको थियो ।

बाजुराको मुटुका रुपमा रहेको सदरमुकामको मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी बजारको सरसफाई व्यवस्थापन गर्ने कार्यपालिकाको निणर्य अनुसार विश्व वातावरण दिवसको अवसर पारेर सरसफाई कार्यक्रमको सुभारम्भ गरिएको नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

बडीमालिकाको पहिलो बैठकले सदरमुकाम समेत रहेको मार्तडी बजारलाई सफा र सुन्दर बनाउन सरसफाई व्यवस्थापन कार्यदल बनाएर मार्तडी बजारमा आवश्यकता अनुसार मानवीय एंव भौतिक श्रोत साधानको प्रयोग गरि बजार क्षेत्रको पहिलो चरणको सरसफाई कार्यक्रम सुभारम्भ गर्ने निणर्य गरेको थियो ।

आज नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निणर्य अनुसार सदरमुकाम मार्तडीमा नगरप्रमुख अमरबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, डिएसपी सुर्य थापा, वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारी, र सुरक्षाकर्मीहरुले बजारमा सरसफाई गरेका छन् ।

मार्तडी बजारको नियमित सरसफाईका लागि १० जना कामदारलाई रोजगार दिएर सरसफाई गरिने भएको छ । त्यसै गरी बडीमालिका नगरपालिकाबाट उत्सर्जन हुने फोहोर मैलाको दिगो व्यवस्थापन गर्न ल्याण्डफील्ड साईट निर्माणका लागि प्रारम्भिक अध्ययन समेत गरिने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै