नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखको स्थानमा सुवास खकुरेललाई टिममा बोलाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले घाइते भएका विकेटकिपर तथा ओपनर शेखको स्थानमा विकेटकिपर तथा ओपनर खकुरेललाई टिममा बोलाएको हो ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विकेटकिपर आसिफलाई नेपाल अलस्टारविरुद्धको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो । उनको स्थानमा विकेटकिपर खकुरेललाई बोलाइएको हो । अभ्यास खेलका क्रममा कुशल भुर्तेल पनि घाइते भएका थिए । कुशलको चोट तत्काल रिकभर हुने अवस्था भएपनि आसिफको चोट निको हुन समय लाग्ने भएका कारण खकुरेललाई टिममा बोलाइएको हो ।
विश्वकप लिग टू अन्तर्गतको सिरिज जेठ २६ देखि सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल जेठ २६ गते ओमानसँग खेल्दैछ । दोस्रो खेल २८ गते अमेरिका, तेस्रो खेल ३१ गते ओमान र असार १ गते अमेरिकाविरुद्ध खेल्दैछ ।
फेसबुक प्रतिक्रियाहरु