काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो दलका सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि नयाँ बन्ने मन्त्रीबारे चासो बढेको छ । नेकपा एसका बहालवाला मन्त्री र मन्त्री बन्ने दौडमा रहेकाहरु पार्टी कार्यालयमा पुगेका छन् । कतिपय सांसदहरु शिर्ष नेताहरुलाई भेट्न पुगेका छन् ।
मन्त्री बनाउँदै माधव नेपालले ६६ महिना आलोपालो गराउने सहमति गरेका थिए । ६ महिनाभन्दा बढी विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री मन्त्री र भवानी खापुङ राज्यमन्त्री भइसकेकाले उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने तयारी भएको छ ।
नयाँ बन्ने मन्त्रीमा वेदुराम भुषाल, मेटमणि चौधरी, कल्याणीकुमारी खड्का, धनबहादुर बुढाको नाम चर्चामा छ । जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकलाई मन्त्री बनाउने तयारी भएको छ । मन्त्रीको दौडमा निरादेवी जैरु पनि छिन् ।
फेसबुक प्रतिक्रियाहरु