होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा (एस) ले मन्त्री परिवर्तन गर्ने
समाचार

नेकपा (एस) ले मन्त्री परिवर्तन गर्ने

  • नागरिक रैबार
नेकपा (एस) ले मन्त्री परिवर्तन गर्ने

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु परिवर्तन गर्ने भएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालय बैठकले २४ घण्टाभित्र हाल कायम रहेको मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारमा नयाँ सेट पठाउने निर्णय गरेको बताए ।

‘मन्त्री परिवर्तन गर्ने निर्णय भएको छ । २४ घण्टाभित्र पुराना फिर्ता आउने र नयाँ साथीहरु सरकारमा जानु हुन्छ’ खनालले भने ।

देउवा मन्त्रिपरिषदमा एसको तर्फबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ रहेका छन् । त्यसैगरी भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री रहेका छन् ।

विज्ञापन

उप महासचिव गंगालाल तुलाधारले यस विषयमा अन्तिम निर्णय गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको बताएका छन् । ‘पार्टीको तर्फबाट मन्त्री हुनु भएको हो । पार्टीले आवश्यकता ठानुन्जेलसम्म उहाँहरु मन्त्री हुनुहुन्छ’ तुलाधारले भने, ‘त्यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार