होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पार्टीले मन्त्रीबाट हटाउने भएपछि प्रेम आले पुगे पार्टी कार्यालय
समाचार

पार्टीले मन्त्रीबाट हटाउने भएपछि प्रेम आले पुगे पार्टी कार्यालय

  • नागरिक रैबार
पार्टीले मन्त्रीबाट हटाउने भएपछि प्रेम आले पुगे पार्टी कार्यालय

काठमाडौं, २२ जेठ । नेकपा (एकीकृत समाजवादी) ले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । यो सँगै अहिले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुको भने दौडधुप सुरु भएको छ । पार्टीले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपछि अहिले पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्यमन्त्री विरोध खतिवडा पार्टी कार्यालय पुगेका छन् । उनीहरु पार्टीको यो निर्णयबाट असन्तुष्ट छन् । यही कुरा अध्यक्ष माधवकुमार नेपालसामू राख्न उनीहरु पार्टी कार्यालय पुगेको बताईएको छ ।

अहिले भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने र उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । ६ महिनाका लागि भनेर पठाएका उनीहरुलाई फिर्ता बोलाउँदा कसैले मन दुखाउन नहुने बताउँदै उनले पार्टीको निर्णय सबैले पालना गर्नुपर्ने बताए ।

बैठकमा पार्टीबाट मन्त्रिपरिषद् सदस्यका विषयमा समीक्षा हुने र उनीहरुलाई बोलाउने विषयमा छलफल भएको जानकारी दिएका उनले अब कसलाई पठाउने भन्ने विषय टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको जानकारी दिए । ‘मन्त्रीहरूलाई ६ महिनाका लागि भनेर पठाएका थियौं, अहिले ६ महिनाभन्दा बढी भइसक्यो ।

विज्ञापन

उहाँहरूसँग शीर्ष नेताहरूले छलफल गरी समझदारी गर्छौँ,’ उनले भने, ‘उहाँहरूलाई पार्टीले पठाएको हो । पार्टीले फिर्ता बोलाउँदा आउनुहुन्छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’ एकीकृत समाजवादीबाट मन्त्रिपरिषदमा एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् । नयाँ मन्त्रीमा भने वेदुराम भुषाल, मेटमणि चौधरी, जीवनराम श्रेष्ठलगायतको नाम चर्चामा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार